एजेन्सी । एक वर्षपछि फेरी पनि कपिल शर्मा एक पटक समस्यामा परेका छन् । बक्स अफिसमा उनीद्वारा अभिनित चलचित्र फिरंगी फ्लप भएपछि तनावमा देखिएका कपिललाई टीभीमा पनि ठुलो धक्का लाग्ने भएको छ ।

विशेष सुत्रका अनुसार सोनी च्यानलले उनको कार्यक्रम (फ्यामली टाईम विथ कपिल शर्मा)लाई बन्द गर्ने मनस्थिति बनाइसकेको छ । उनको शो २५ मार्चमा सुरु भएको थियो । अहिलेसम्म शो को तेस्रो अंक प्रसारित भइसकेको छ ।

शुत्रले बताए अनुसार कार्यक्रमको टिआरपी घट्दै गइरहेकोले च्यानलले कार्यक्रम बन्द गर्ने सोच बनाएको छ । कपिल शर्मा अहिले कसैसँग कुराकानी गरिरहेका छैनन् । उनको मोवाइलमा सम्पर्क हुनसकिरहेको छैन् । कपिलले आफ्नो जन्मदिनको दिन पनि मोवाइल बन्द गरेका थिए ।

शुत्र भन्छ, च्यानलले उनको कार्यक्रम बन्द गर्ने निर्णय गरिसकेको छ । कपिलको अब्यवसायिक ब्यवहारका कारण च्यानल असन्तुष्ट छ । उनले नयाँ कार्यक्रमको लागि अतिथिसँगको सुटिङ पनि रद्ध गरेका थिए । पछिलो हप्ता कपिलको पहिलो कार्यक्रम बार्कको टिआरपीमा शीर्ष दश भित्र ठाउँ बनाएको थियो । टिआरपी जे जस्तो भएपनि कपिलको शो बन्द हुने निश्चित भइसकेको छ । अरु थुप्रै कार्यक्रमहरु कपिलको शोलाई रिप्लेस गर्ने लाइनमा छन् । यदि यस्तो भयो भने यो कपिलको भविष्यको लागि दुर्भाग्य हुनेछ । उनलाई लिएर जसरी नकरात्मक टिकाटिपनी आएको छ, सायदै कुनै च्यानलले उनलाई मौका देलान् ।

पछिल्लो वर्ष सुनिल ग्रोबरसँगको विवादको कारण समस्यामा परेका कपिल एकपछि अर्को कार्यक्रमलाई लगातार रद्ध गर्दै आएका थिए । मानसिक तनाबमा परेका उनी आफ्नो समस्याबाट छुटकारा पाउँन केही समय पूर्नस्थापना केन्द्रमा समेत बसेका थिए । केही समयको विश्रामपछि कपिलले सोनी च्यानलको साथमा आफ्नो नयाँ कार्यक्रमको समझौता गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments