मेलबर्न । अष्ट्रेलियामा विद्यार्थीहरुको उपस्थिति बढिरहेका कारण उनीहरुलाई काम खोज्न गाह्रो भएको छ भने कम्पनीहरुले त्यसको फाइदा उठाईरहेका छन् ।

पछिल्लो समयका रिपोर्टहरु अनुसार, अधिकांशले विद्यार्थीहरुलाई अष्ट्रेलियामा १२ डलर देखि १५ डलर सम्म तलब दिएका छन् । जुन अत्यन्तै न्यून हो । अष्ट्रेलियाको फेयरवर्क कमिसनले यस सम्बन्धि कारबाही गर्ने गरेतापनि न्यून तलबमा काम गराउनेहरु बढिरहेका छन् ।

यहि कुरालाई मध्यनजर गर्दै भिक्टोरियन ट्रेड हिल काउन्सिलले भिक्टोरिया राज्य सरकारलाई न्यून तलबमा काम गराउनु एक अपराध हुने कानुन ल्याउन आग्रह गरेको छ । साथै काउन्सिलले त्यस्तो अपराध गर्नेहरुलाई जरिवाना सहित १० वर्षसम्मको जेल सजाय तोक्न समेत अनुरोध गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments