मेलबर्न । मेरो जन्म भएसँगै आमाको नाम पाउनु भएकी तपाई मेरो आदर्श हो । तपाई मेरो चरित्र र व्यवहारको एक शिक्षक पनि हुनुहुन्छ ।

भन्छन् आमा एक शिक्षक हुन् र ज्ञानको परिभाषा । तपाई मेरो जीवनमा ज्ञानको परिभाषा र शिक्षक बनेर मलाई यसरी सिंचित गुर्न भयो जसले म गौरवको साथ मेरी आमा वा भनौं मेरी शिक्षक सुनितादेवी बरालको पुत्र मन्दीपराज दाहाल भन्न सक्छु । नेपालबाट आफनो शिक्षा थप तिखार्नको लागि विदेश हानिएपनि तपाईको मुस्कान र तपाईको मप्रतिको संघर्षले म हरेक पटक भावुक हुने गरेको छु । यहाँ म हरेक दिन तपाईको तस्विर हेर्दै तपाईले गर्नुभएको संघर्षलाई सम्झिन्छु र खुसीको आँसु झार्ने गर्दछु । आज देश बाहिर भएपनि जब तपाईको फोन आउँछ अनि जब म तपाईको हाँसोले खुसी हुन्छु । लाग्छ म तपाईको समिपमा  नै छु आमा ।

आमाको मुख हेर्ने विशेष दिनमा अष्ट्रेलियाबाट नेपालमा रहनुभएकी आफ्नी आमाको लागि केक तथा उपहार पठाउन चाहनुहुन्छ भने यहाँ क्लिक  गर्नुहोस्।

यो २७ वर्षको जीवनमा मेरो शिक्षाको लागि तपाईले गर्नुभएको संघर्ष मेरो लागि अकल्पनीय छ । म एकोहोरिएर जब सम्झिन्छु,तब म स्तब्ध हुन्छु । सानैदेखि एक शिक्षक अभिभावक पाएको म कहिल्यै पनि चरित्रहीन भइनँ र सधैँ तपाईले देखाएको बाटोमा अग्रसर रहेर आज एक खुसीको अनुभव गर्दछु । मेरो सानो सफलतामा रमाउने र गल्ती गरेर पाठ सिकिन्छ भन्ने जुन तपाईको सधैँ भनिरहने शब्द आज गुन्जिरहेको छ । तर, अहिले गल्ती नै नगरि पाठ सिक्दै जीवनको खुडकिलामा अघि बढिरहेको छु ,आमा ।

मलाई दुख्दा पहिले तपाई रुनुहुन्थ्यो र बिरामी पर्दा रात भर नसुतेर मेरा आँखामा देखिएका विभिन्न प्रश्नको रातभर उत्तर दिन तपाई थाक्नुहुन्नथ्यो । मलाई अझै सम्झना छ ,आमा । आज म शिक्षाको लागि देश बाहिर छु । भन्छन् आमाले गरेको संघर्ष र दूधको भार तिर्न हरेक छोराले सक्नुपर्छ अरे । तर म तपाईले देखाउनु भएको बाटो र तपाईको मार्गदर्शनले म जहाँ गए पनि तपाईको शिर जहिले ठाडो हुने काम गर्नेछु ।

आज तपाईबाट टाढा भएपनि तपाईले दिनुभएको शिक्षा र सिकाउनु भएको संस्कारले तपाईको मुहारमा सधैँ खुसी ल्याउन प्रयत्न गर्नेछु ।

Comments

comments