एजेन्सी । आँखा झिम्क्याएर रातारात चर्चामा अाएकी मलायलम अभिनेत्री प्रिया प्रकाश वारियर त्यही अाँखा झिम्क्याएकै कारण समस्यामा परेकी छिन् । नेसनल क्रसको रुपमा चिनिएकी प्रियाविरूद्ध अाँखा झिम्क्याएकाे अाराेपमा सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ।हाइदरावादका दुईवटा पार्टीले उनको विरुद्ध सर्वोच्चमा निवदेन दर्ता गराएका हुन्।

इस्लाम धर्ममा आँखा झिम्क्याउनु धर्मविपरित भएको भन्दै प्रिया विरुद्ध अदालतमा निवेदन मुद्धा दायर गरिएको हो। यसअघि पनि केही मुस्लिम संस्थाहरूले उक्त फिल्म बिरूद्ध प्रहरीमा उजुरी दर्ता समेत गरेका थिए ।

प्रिया अभिनित फिल्म अाेरू अदार लव काे गीतमा उनले अाँखा झिम्क्याएकाे भिडियो क्लिप सार्वजनिक भएको केही क्षणमा भारत लगाएतका विभिन्न देशमा भाइरल भएको थियो । भ्यालेन टाइन वीकमा फिल्म रिलिज हुनुपूर्व फिल्मकाे ३२ सेकेण्डकाे प्राेमाे सार्वजनिक भएकाे थियाे । मनिक्य, मलाराय पूवी बाेलकाे गीतकाे केही अंशमा प्रिया प्रकाश अाफ्ना क्लासमेटलार्इ अाँखा झिम्क्याएकाे दृश्य छ ।

प्रियाको चर्चाका कारण उनलाई बलिउडमा इन्ट्री दिने चर्चा पनि भएको थियो। तर चर्चासँगै मुस्लिम संस्थाहरूले यस गीतले मुस्लिम समुायप्रती ठेस पुर्याएकाे भन्दै फिल्म बिरूद्ध मुद्धा दर्ता गरेपछि लगातार याे फिल्म बिबादित बन्दै गएकाे छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments