कैलाली । कैलालीको दुर्गम गाउँमा एक महिलालाई बलत्कार गर्न खोज्नेलाई स्थानीयबासीले माेसो दलेर सजाय दिएका छन्। जिल्लाको कैलारी गाउँपालिका–१, दक्षिण मझरका टुक्की भनेर चिनीने कृष्ण चौधरीलाई स्थानीयले सार्वजनिक स्थानमा कालोमसो र जुत्ताको माला लगाएर परिक्रमा गराएका हुन्। चौधरीले सोही गाउँकी एक महिलालाई चैत २३ गते राति बलात्कार गर्ने प्रयास गर्दा उनी भाग्न सफल भएकी थिइन्।

महिलाले प्रतिकार गर्दा चौधरीले उनलाई कुटपीट समेत गरेको पीडितले बताएकी छिन्। उनी चिच्याएपछि गाउँलेले थाहा पाएपछि चौधरीलाई पक्राउ गरेको छ।

भारतमा रोजगारी गर्दै आएको चौधरीलाई चैत २४ गते गाउँमा सार्वजनिकस्थलमा कालोमसो दल्नुका साथै दुई लाख रुपैयाँ समेत जरिवाना गरिएको छ। यस विषयमा प्रहरीले औपचारिक रुपमा कुनै जानकारी नआएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढा मगरले भने, ‘महिला माथि दुव्र्यवहार भएको जानकारी भएपनि बलात्कार गर्ने प्रयास गरेको विषयमा कुनै जानकारी छैन।’ स्थानीय भलमान्सा र सर्वसाधारणले समाजिक रुपमा त्यो विषयमा केही गरेको पनि जानकारी नभएको उनले बताए।

यस विषयमा हसुलीया प्रहरी कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको प्रहरी नायव उपरिक्षक बुढाले बताए। ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने। चौधरीलाई चैत्र २४ गते सार्वजनिक रुपमा कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाइएको थियो। बलात्कारको प्रयास गर्ने कृष्णलाई दुई लाख रुपैयाँ जरिवाना पनि तोकिएको स्थानीयले बताएका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments