काठमाडौँ । दुई दिन अगाडि जोधपुर सेन्ट्रल जेलबाट मुक्त भएका सलमान खानले फ्यानहरुका लागि मार्मिक सन्देश लेखेका छन् ।

सोमबार साँझ माइक्रो ब्लगिङ्ग साइट ट्वीटरमा आफूलाई सपोर्ट गर्ने फ्यानहरुलाई लेखेका छन्, ’मेरे सभी चाहने वालों और जो मेरे साथ खड़े रहे, जिन्होंने उम्मीद नहीं हारी, उनका मैं एहसानमंद हूं.’ अर्थात, उनले लेखे, मेरा सबै समर्थक, जो मेरो समर्थनमा थिए, जसले आफ्नो हौसला हारेनन् उनीहरु प्रति म आभारी छु, भगवानले तपाईहरुको कल्यान गरुन ।

कालो हरिण शिकार गरेको आरोपमा २० वर्ष पूरानो मुद्वामा खानलाई जोधपुर सेशन कोर्टले ५ वर्षको जेल सजाय सुनाएको थियो । उनले २ रात जेलमा बिताएका थिए । तेस्रो दिनमा उनी ५० हजार धरौटीमा रिहा भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments