काठमाडौं । कुख्यात गुन्डा नाइके गणेश लामालाई जेल चलान गरिएको छ। हातहतियार तथा खरखजाना मुद्दामा लामालाई पुर्पक्षका लागि साेमबारक जेल चलान गरिएकाे हो । लामालाई डिल्लीबजार सदर खोर लगिएको छ। मुद्दाको फैसला नभएसम्म उनी कारागारमै रहनेछन्।

जिल्ला सरकारी वकिल कार्यालयले एक वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको माग गरी आइतबार लामा विरुद्ध प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो। उनी ६ राउन्ड गोली र पेस्तोलसहित गत फागुन ३० गते गौशालाको पिङ्गलास्थानबाट पक्राउ परेका थिए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments