काठमाडौ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सचिवहरुको सरुवामा प्रधानमन्त्री केपी ओलीले ‘स्वच्छाचारी’ गरेको गुनासो व्यक्त गरेका छन् ।

मन्त्रीहरुले सोमबार अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डलाई भेटेर त्यस्तो गुनासो राखेका हुन् । सचिव सरुवाको असन्तुष्टि राख्न मन्त्रीहरु बिहानै दाहाल निवास खुमलटार पुगेका थिए ।

अध्यक्ष दालसँगको भेटमा मन्त्रीहरुले सामूहिक रुपमा ‘प्रधानमन्त्री जीले हामीसँग सल्लाह नै नगरी सचिवहरुको सरुवा गराउनु भयो, सरूवामा उहाँकाे स्वेच्छाचारी’ भयो भन्दै गुनासो व्यक्त गरेको खुमलटार स्रोतले बताएको छ ।

अध्यक्ष दाहालसँगको् भेटमा मन्त्रीहरुले सचिव सरुवाको विषयमा क्याबिनेटमा समेत छलफल नगरिएको गुनासो सुनाएको पार्टीका प्रवक्ता पम्फा भुसालले स्विकार गर्नु भएको छ ।

प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुअघि विहिबार बेलुका ३० जना सचिव सरुवा भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments