मेलबर्न । चितवन घर भइ हाल अष्ट्रेलियाको भिक्टोरियामा वसोवास गर्ने नेपालीहरुको संगठन चितवन समाज भिक्टोरियाको साधारणसभा सम्पन्न भएको छ। गत शनिबार बिग बेली एशियन क्याफेमा साधारणसभा सम्पन्न भएको हो ।

Image may contain: 9 people, people sitting, people eating, table and indoor

शिक्षा, स्वाथ्य, स्थानीय संघसंस्थाहरुसँगको सहकार्य,आकस्मिक घटनाहरुमा सहयोग गर्ने उद्देश्यका साथ स्थापन भएको यस संगठनले आफ्नो स्थापनाकाल देखि नै भिक्टोरीयामा मात्रै नभई नेपालमा पनि विभिन्न सामाजिक काम गर्दै आइरहेको छ। शनिबार सम्पन्न भएको साधारणसभामा संगठनको अहिलेसम्मकोे सबै कार्यविवरणहरु प्रस्तुत गरिएको थियो।

Image may contain: 3 people, people smiling, people standing and indoor

संगठनलाई संस्थागत रुपमा अझ व्यवस्थित बनाउने उद्देश्यले आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको चयन समेत गरिएको थियो । साधारणसभाबाट आगामी कार्यकालको लागि अध्यक्ष पदमा लामो समयदेखि मेल्वर्न बस्दै आउनुभएका पेशाले आईटी कन्सल्टेन्ट आत्मा रिजाल चुनिनु भएको छ भने उपाध्यक्षमा अनुपम पाठक, सचिवमा विपुल ज्ञवाली, सहसचिवमा गोविन्द पाठक, कोषाध्यषमा हेमराज चालिसे, सहकोषाध्यक्षमा राजेन्द्र उप्रेती चयन हुनुभएको छ ।

Image may contain: 16 people, people smiling, people standing, shoes and indoor

साधारणसभाले कार्यसमिति सदस्यहरुमा दिपक आचार्य, प्रकाश आचार्य ,सुमन अधिकारी, बिराज थापा, सोवित प्रधान, दिक्षा न्यौपाने , कमल लामिछाने, कस्तुरी शर्मा गैरे,सैवल न्यौपाने, एस.के गौतम, रोबिन मिश्र र फडिन्द्र अधिकारीलाई चयन गरेको छ ।

Image may contain: 1 person, smiling, standing and indoor

दुईवर्षे सफल कार्यकाल सम्हाल्नु भएका पूर्व अध्यक्ष सोमप्रसाद गुरुङ्गले नयाँ कार्यसमितामा चयन हुनुभएकाहरुलाई बधाई तथा अगामी दुई वर्षसम्मका कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले चितवन समाज भिक्टोरीयाले चितवनवासी र चितवनको हितमा मात्रै कार्य नगरी आफ्नो सहयोगहरु विभिन्न ठाउँ र विभिन्न समुदायहरुसम्म पनि पुर्याइरहेको जानकारी समेत दिनुभएको थियो ।

Image may contain: 1 person

त्यसैगरी कार्यक्रममा बोल्दै विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष दुर्गा आचार्य र जनसम्पर्क समिति भिक्टोरीयाका सुरेश पोख्रेलले चितवन समाज भिक्टोरीयाले विगत चारवर्षदेखि गर्दैआएको सामाजिक कल्याणका कामहरुको प्रशंसा गर्दै अगामी दिनहरुमा पनि यस्तै अग्रसरता देखियोस् भनी शुभकामना दिनुभयो ।

Image may contain: 1 person

साधारणसभामा चितवन समाजका दिपक आचार्यले संस्थाको अहिलेसम्मको आम्दानि र खर्चको विवरण पेश गर्नुभएको थियो । जसमा संस्थाले अहिलेसम्म चौबिस हजार नौँ सय एघार डलर आम्दानि गरेको र बीस हजार सत्र डलर खर्च भएको देखाइएको थियो । एक हजार डलर अझै उठाउन बाँकी र दुई सय नब्बे डलर संस्थाले तिर्न बाँकी गर्दा नेट ब्यालेन्स एकाउन्टमा चार हजार छ सय तीन डलर रहेको जानकारी दिइएको थियो ।

Image may contain: 1 person

साधारणसभा कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रिजालले विगतमा भएका परोपकारी कार्यहरुलाई नै निरन्तरता दिएर आफ्नो कार्यकाललाई पनि विगतका झैँ सशक्त बनाउन कोशिस गर्ने भन्दै संस्थाका आगामी केही योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

Image may contain: 1 person, suit and phone

ती योजनाहरुमा सडक बालबालिकाको शिक्षा र भरण पोषण , विपन्न र असाहयहरुको आय आर्जन, समाजसेवा कोष , स्वाथ्य र शिक्षा, अन्य सामाजिक संघसंस्थाहरुसँगको साझेदारी आदि विषय समावेश गरिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments