काठमाडौं । स्पेनिस ला लिगा फुटबलको गएरातिको खेलमा लियोनल मेस्सीले व्यक्तिगत ४५ औं ह्याट्रिक पुरा गरेका छन्।

मेस्सीको ह्याट्रिकसंगै बार्सिलोनाले ला लिगामा लगातार धेरे खेलसम्म अपराजित हुने किर्तिमानको बराबरी गरेको छ । यसअघि रियल सोसिडाडले लगातार ३८ खेलसम्म अपराजित रहँदै सबैभन्दा धेरै खेलमा लगातार अपराजित हुने टिम रहेको छ ।

उक्त खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हराएको छ । नतिजापछि बार्सिलोनाले दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको अंक दुरी १२ अंकमा पुर्याएको छ ।

एथ्लेटिकोले आइतबार रियल मड्रिडसँग खेल्नेछ भने बार्सिलोनाले आउँदो बुधबार रोमासँग खेल्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments