सबै पुरुषहरुलाई लैंगिक समानताको पक्षमा बोल्न आह्वान गरेकी २४ वर्षीय ब्रिटिश अभिनेत्री एम्मा वाटसनले गत शनिबार मात्र संयुक्त राष्ट्र संघमा आयोजित एउटा समारोहमा “हि फर शी” नामक अभियानको थालनी गरेकी थिईन् | लैंगिक समानताका लागि भावपूर्ण सम्बोधन गरेकी अभिनेत्री एम्मालाई ‘एम्मा यु आर नेक्स्ट’ नाम दिइएको एउटा वेब पृष्ठमा आउँदो शुक्रबार रातीसम्ममा  निशाना बनाइने धम्कीपूर्ण चेतावनी सार्वजनिक भएको छ |

सामाजिक सन्जालमा निकै लोक प्रिय बनेको एम्माको अभिव्यक्ति संसार भर फैलिरहेकै बेला चर्चित महिलाहरुलाई निशाना बनाउन चाहने समूहले वाटसनलाई पनि धम्की दिएको हुनसक्ने ठानिएको छ। केहि साता अघि मात्रै  इन्टरनेटमा विभिन्न चर्चित महिलाहरुका नाङ्गा तस्वीरहरु प्रकाशित गरि चरित्र हत्या गर्ने प्रयास भएको थियो |

एम्मा वाटसन बहुचर्चित  ह्यारी पोटर चलचित्र श्रृङखलाकी एक पात्र  हुन्। साथै उनले थुप्रै अंग्रेजी चलचित्रमा अभिनय गरिसकेकी छिन् | वेब ह्याकरहरुले यो धम्कीपूर्ण चेतावनी पश्चात सम्भवत एम्माको चरित्र हत्या गर्ने अर्को प्रयास गर्न खोजेका हुन् भन्ने अनुमान गरिएको छ | 

Comments