एजेन्सी । भारतको जोधपुर अदालतले बलिउड अभिनेता सलमान खानको अपिल कबुल गरेको छ । योसँगै विगत २ दिनदेखि जेलमा रहेका अभिनेता खान शनिवार नै रिहा भएका छन् ।

सन् १९९८ मा एक चलचित्रको शुटिङको क्रममा दुईवटा कालो हरिणको शिकार गरेको अभियोगमा अदालतले अभिनेता खानलाई ५ वर्षको जेल सँजायको फैसला सुनाएको थियो ।

अदालतले तत्कालकालागि खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेशपछि जेलबाट छुटेपनि उनीमाथिको मुद्दा भने यथावत रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सेसन कोर्टले दोषी ठहर गरे सलमान पुनः जेल जानुपर्नेछ ।

यही मुद्दामा विगत २० वर्षमा सलमान पटक पटक गरि १८ दिन जेल बसिसकेका छन् ।

Comments

comments