एजेन्सी । १८ वर्षअघि कालो हरिणको शिकार गरेको अभियोगमा पाँच वर्ष जेल सँजाय पाएका बलिउड अभिनेता सलमान खानले गरेको अपीलमाथिको अदालती वहस पैरवी सकिएको छ ।

जोधपुर सेशन अदालतमा शनिवार वकिलहरुले वहस पैरवी गरेका थिए । अदालतले शनिवार अपरान्ह २ बजे नै फैसला सुनाउने कार्यसूची छ । सलमानको अपिलमाथि शुक्रवार नै सुनुवाई गर्ने तयारी भए पनि मध्यरातमा स्थगित भएको थियो । शनिवार सार्वजनिक विदाको दिन भएकोले अदालती कारवाही हुने कि नहुने भन्नेमा अन्यौल कायम भएको थियो । तर शनिवार न्यायाधीस रविन्द्रकुमार जोशीले अदालत पुगेर अन्यौलको अन्त्य गरिदिएका हुन् ।

पाँच वर्ष जेल सँजाय पाएका सलमान हाल जोधपुर जेलमा रहेका छन् ।

Comments

comments