काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औं संस्करण शनिवारबाट शुरु हुँदैछ । भारतीय समय अनुसार राति आठ बजे मुम्बईको वानखेड़े स्टेडियममा खेल हुने छ ।

शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने खेलका लागि दर्शकहरुसमेत निकै उत्साहित छन् ।

आईपीएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागी भएकाले पनि चेन्नईमा हुने यो म्याच घरेलु दर्शकका लागि महत्वपूर्ण भएको छ ।

मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । यी दुवै टिमबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

Comments

comments