–विनय श्रेष्ठ

——————————————————————————————————-

प्यारो छोरा,
फुर्सद नभए पनि चिठ्ठी पठाइस् खुसी लाग्यो । सन्चै छस् होला भन्ने आशा राख्दछु । थुप्रै सपनाहरु बोकेर अस्ट्रेलिया गाछस् । त्यसमा अहिलकति हाम्रो अनि धेरै चाहिं तेरै सपना थियो । त्यो भन्दा पनि बढी तेरो भविष्य जोडिएको छ । त्यसैले अस्ट्रेलियामा कति कमाउछस्, छिमेकी आफन्तले के भन्छन्, केहीको हामीलाई मतलव छैन । हामी त बस् तेरो उज्जवल भबिष्यको कामना गर्दछौं । तँ ठूलो मान्छे भएको हर्न चाहन्छौं । उमेरसँगै शारीरिक कदले त जन्मने हरेक प्राणी ठूला हुन्छन् तर तँ चाहिं काम र कर्मले ठूलो मान्छे भएको हेर्ने ठूलो धोको छ हाम्रो ।

तँ ठूलो मान्छे भएको हर्न चाहन्छौं । उमेरसँगै शारीरिक कदले त जन्मने हरेक प्राणी ठूला हुन्छन् तर तँ चाहिं काम र कर्मले ठूलो मान्छे भएको हेर्ने ठूलो धोको छ हाम्रो ।

आमा वुवाको मन हो, छोराछोरीको अनुहार नदेखेपनि आवाज मात्र सुन्दा नि खुसी लाग्छ । दैनिक फोन गरेस भनेका छैनौं । तर समय मिलाएर हप्ता दुई हप्तामा ५–६ मिनेट कुरा गर्ने नि फुर्सद छैन र ?

विदेस जानु अघि तँ केही कुराहरू र समस्याहरू बुझ्दैन थिइस् । त कलेज फी, पढाई र कामको वारे वुझ्न सधै कता कता जान्थिस्, राम्ररी वुझिनस् र । हामीले त नेपालमै वस्, यतै पढेर केही काम गर भन्दा होइन आमा नेपालमा वातावरण नै भएन म त अस्ट्रेलिया जान्छु,त्यै कमाएर पढछु भनिस् । साथीहरू सवै उतै छन राम्रो काम गरेर पढ्दै छन्, म नि उसै गर्छु भनेर तँ आफैंले जिद्दी गरिस् ।

त्यहाँ गएर आफैंले हरेक अभाव र समस्यासँग एक्लै जुध्नपरेपछि बल्ल दुख बुझिस् होला,पैसा वोटमा फल्दैन भन्ने पनि चेत भयो होला । बाबु तँ आफैले भनेको होइनस् र ? अष्ट्रेलियामा त घण्टाको २० डलर कमाइन्छ रे भनेर ? अनि म त दिनमा दश बाह घण्टा काम गर्छु भनेर तँ आफैं मख्ख परेको पनि हामीलाई सम्झना छ । हामी त तेरो आमा वुवा न पर्यौं,तेरा सबै कुराहरुलाई विश्वास गर्यौं त्यो विश्वास मात्र तँ आफ्नो लक्ष्यमा पुग्छस् त्यही पनि तँ आफैंले रोजेको बाटो हिडेर भन्ने मात्र हो । अरु त हामीले केही आशा गरेका छैनौं ।

बाबु तँ आफैले भनेको होइनस् र ? अष्ट्रेलियामा त घण्टाको २० डलर कमाइन्छ रे भनेर ? अनि म त दिनमा दश बाह घण्टा काम गर्छु भनेर तँ आफैं मख्ख परेको पनि हामीलाई सम्झना छ ।

बाबु आफ्नो स्वास्थ्य भन्दा ठूलो अर्थोक केही छैन । त्यसैले स्वास्थ्यको ख्याल राखेस् । समयमा खाना गरेको छस् कि छैनस् ? सेकेण्ड र मिनेट मिनेटको महत्व राख्ने ठाम भन्छस् तँ आफैं तर आफ्नो स्वास्थ्यका लागि चाहिं कति समय छुट्याएको छस् नि ? हुन त अस्ट्रेलिया गएर यसले के पकाएर खाला भनेर मैलै चिन्ता गर्दा तँ आफैंले बुरुक्क बुरुक्क उफ्रदै भनेको थिइस्–मामु पनि कति चिन्ता लिनुभएको ? अब म ठूलो भैसकें । अस्ट्रेलियामा यहाँ जस्तो होइन,भोक लाग्यो कि पिज्जा किनेर खान्छु,बर्गर खान्छु भनेर ।

नेपालमा के कमी गरेका थियौं र ? राम्रो स्कुल कलेज पढाकै हो, भनेका इच्छा सकेसम्म पुराएकै थियौं । तेरै भविष्य राम्रो होस् भनि आफ्नो मनको इच्छा मारेर तेरो इच्छा पूरा गर्यौं । आफ्नो मुटुको कलेजोलाई आफूबाट टाढा पठाउँनुपर्दा हामी आमा वुवाको मनमा कस्तो मनोदशा वित्यो होला,त्यसको अनुमान तँलाई छ कि छैन,थाहा छैन ।

हामीलाई त तेरो भविष्यसंग मतलव छ,तेरो कमाइसंग होईन । त्यसैले मेहिनत गर, राम्ररी पढ् र हामीले सोचेको जस्तै ठूलो मान्छे बनेस् ।

तँलाई विदाइ गरेर फर्कने वित्तिकै धेरैले अब तँ नेपाल फर्कदैन भने । हुन पनि यस्तै देख्छु । विदेश गएकाहरु छिट्टै नेपाल फर्केको थोरै मात्र देखेको छु मैले पनि । ठूलो देश,ठूलै लगानी अनि ठूलै सुख,सुविधा र विकास अवश्य होला । त्यही समृद्धिमा अल्झिएर धेरै मान्छेहरु विदेशबाट नेपाल फर्कन चाहँदैनन् रे । तर हामी चाहन्छौं अरुका छोराछोरी भन्दा तँ फरक भएर निस्केस् । विदेशको रमझम र मोह त्यागेर पढाइ सकेपछि नेपालमा आएस् र आफूले पढेको,देखेको र सिकेको कुराहरु यही गरेर देखाएस् । अनि पो हाम्रो देश पनि बन्छ,विकासले गति पाउँछ र समृद्ध नेपाल बन्छ । तर सधै अर्काको देशमा वसेर भविष्य उज्जवल पार्छु भन्ने सोचिस भने तेरो यत्रो मिहिनत र दुखको पनि कुनै औचित्य रहन्न । किनभने विदेशमा जति सेवा गरे पनि,जति पसिना रोपे पनि फलको मालिक त अरु नै हुन्छन् । तिमी हामी विदेशमा जति नै बसे पनि आखिरमा पाउँने नाम र इज्जत त त्यही आप्रवासी हो । त्यसैले भन्छु,नेपाली स्वाभिानलाई गिर्न नदिनु । जति बस्छस् नेपाली भएर बस्नु । नेपाली भनेका मिहिनेती र मिलनसार हुन्छन् भन्ने प्रमाणित गरेर बसेस् । आमाले पत्रमा पनि अर्ती दिन छोडिनन् नभनेस्,किन कि यो मेरो अर्ती होइन,चाहना मात्र हो ।

विदेश गएकाहरु छिट्टै नेपाल फर्केको थोरै मात्र देखेको छु मैले पनि । ठूलो देश,ठूलै लगानी अनि ठूलै सुख,सुविधा र विकास अवश्य होला । त्यही समृद्धिमा अल्झिएर धेरै मान्छेहरु विदेशबाट नेपाल फर्कन चाहँदैनन् रे । तर हामी चाहन्छौं अरुका छोराछोरी भन्दा तँ फरक भएर निस्केस् ।

लौ त आफ्नो स्वास्थको ख्याल राखेस् ।

तिम्री आमा
‘नेपाल’

आमाको मुख हेर्ने दिनको अवसरमा नेपालमा रहनुभएकी आमालाई अष्ट्रेलियाबाट केक तथा उपहार पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

Comments

comments