काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँदिल्ली पुग्नुभएको छ । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री ओलीको स्वागत गर्नु भएको छ ।

भाजपा पूर्वअध्यक्ष समेत रहनुभएका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा केही समय अघि नै विमानस्थल आइपुग्नु भएको थियो ।

प्रधानमन्त्री ओली भारतको तीनदिने राजकीय भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments