काठमाडौं । प्रधानमन्त्री केपी ओलीे तीनदिने भ्रमणको लागि शुक्रबार बिहान भारत प्रस्थान गर्नुभएको छ ।भ्रमणमा प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, मन्त्रीहरु, बुद्धिजीवि, व्यापारी र पत्रकार लगायतका टोली सहभागी छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गरेको थियो । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री भ्रमणको पहिलो दिन प्रधानमन्त्री ओलीले भारतीय ब्यापारीहरुसँग ताज प्यालेस होटमा भेटघाट गर्ने, पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साँढे सातबजे कूटनीतिक समुदायसँग भेटघाटको कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शनिबार विहान ९ बजे भेटघाट गर्नुहुने छ । राष्ट्रपति कोविन्दसंगको भेटघाटपछि प्रधानमन्त्री ओलीले विहान १० बजे राजघाट पुगि महात्मागॉन्धीको समाधिस्थलमा माल्यलपण गर्ने कार्यक्रम छ ।

राजघाटबाट सोझै राष्ट्रपति भवन, हैदरावाद पुगी मसमकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीस‘ग भेटघाट गर्ने र दुइपक्षवीच भएको सहमतिमा हस्ताक्षार गरि संयुक्त पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले भ्रमणकोक्रममा भारतीय जनता पार्टीका नेता, कांग्रेस आइका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली आइतबार साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम रहेको राजदूतावासले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments