काठमाडौं । नेपालको सर्वाधिक मन पराइएको डान्स क्रियु कार्टुन्ज क्रियुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘रेलिमाई’ बोलको उक्त म्युजिक भिडियो सार्वजनिक भएको एक दिनमै युट्युब ट्रेन्डिंगमा उकालो लागिरहेको छ ।

सुपरहिरो होलिडेको कन्सेप्टमा बनाइएको उक्त म्युजिक भिडियोलाई सरोज अधिकारि, सबिन चौहान र राम घलेले कोरियोग्राफ गरेका हुन्। उक्त गीतमा टंक बुढाथोकीको शब्द, संगीत तथा स्वर रहेको छ ।

Comments

comments