काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।

बिहान ९ बजे नेपाल वायु सेवा निगमको विमानबाट उहाँ नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

त्रिभुवन विमानस्थलमा उहाँलाई मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, निजामति, सेना, प्रहरी र सशस्त्र प्रहरीका उच्चपदस्थ कर्मचारीले बिदाई गरेका थिए ।

प्रधानमन्त्री ओली आइतबार फर्कनुहुने कार्यक्रम छ । उहाँको टोलीमा काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित ५४ जना छन् ।

Comments

comments