मेलबर्न । अष्ट्रेलियामा एक नेपाली विद्यार्थीले युनिभर्सिटी टप गरेकी छिन् । नेपालकी सन्ध्या लुइँटेलले सन साइन कोष्ट युनिभर्सिटी टप गरेकी हुन् ।

इनफरमेसन अफ टेक्नोलोजीमा मास्टर गरिरहेकी सन्ध्याले प्रथम सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छिन् । उनलाई अष्ट्रेलियाका शिक्षा मन्त्रीले अवार्ड दिएर सम्मान गरेका थिए ।

सन्ध्याको स्थायी घर मोरङ हो । उनले काठमाडौँको सेन्ट जेभियर्स कलेजबाट विआइएम अध्ययन पूरा गरेकी हुन् । त्यसपछि पढाइलाई थप उचाईमा लैजानको लागि उनी अष्ट्रेलिया आएकी थिइन् ।

युनिभर्सिटी टप गर्ने सम्भवत : पहिलो नेपाली बन्न सफल सन्ध्याले सम्पूर्ण नेपालीको शिर उच्च बनाइदिएकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments