नवलपुर । पुर्वी नवलपरासीको गैडाकोटमा एक बाबुले आफ्नै नाबालीका छोरीको करणी गरेका छन् ।

गैँडाकोट नगरपालिका वडा नं ९ थुम्सीका ३० बर्षिय पुरुषले ८ महिनाकी आफ्नै छोरीको करणी गरेको आरोपमा पक्राउ परेका छन् । गत सोमबार दिउँसो घरमा कोही नभएको बेला आफ्नै बाबुले करणी गरेको भनी बालिकाकी आमाले मंगलबार ईलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएकी थिईन । छोरी लिएर प्रहरीमा आएकी उनको जाहेरीका आधारमा बाबुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

पीडित बालीकाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था नाजुक रहेको बताईएको छ । पिडक बाबु लागु औषध प्रयोगकर्ता समेत रहेको र उनलाई हाडनाता करणीमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अघि बढाईएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments