मेलबर्न। अष्ट्रेलियामा नेपाली नयाँ वर्षका कार्यक्रमहरु आयोजना हुन थालिसकेका छन् । देश देखी टाढा रहेता पनि नेपाल प्रतिको मायाबाट टाढा हुन नसक्ने अष्ट्रेलियावासी नेपालीहरु धुमधामसंग नेपाली नयाँ वर्ष मनाउने तयारि गरिरहेका छन् ।

विभिन्न भव्य कार्यक्रमहरु आयोजना गरेर ती कार्यक्रमहरुलाई व्यवस्थित रुपले सम्पन्न गर्न सफल सहि हो इन्भेन्ट्सले पनि मेलबर्नमा न्यु इयर इभ कार्यक्रमको आयोजना गरेको छ। नेप्लिज न्यु इयर इभ ग्लो पार्टी आगामी १३ अप्रिल शुक्रबारका दिन हुनेछ।

मेलबर्न प्रतिभा, डिजे ब्याटल सहितको सो पार्टी Eden Bar and club मा बेलुका ६ बजेदेखि सुरु हुनेछ । पार्टीमा १८ वर्षभन्दा माथिका व्यक्तिले मात्र प्रवेश पाउनेछन् र त्यसको लागि फोटो सहितको परिचयपत्र लिएर आउनुपर्नेछ। ग्लो पार्टीको प्रवेश शुल्क २५ डलर राखिएको छ । अगाडी नै बुकिङ्ग गर्नेहरुको लागि भने ५ डलर छुट हुनेछ।

गुणस्तरीय सेवा संगै अष्ट्रेलियावासी नेपालीहरुलाई नेपालसंगको सम्बन्धलाई बनाइराख्नको लागि सहयोग गर्न, नेपाली पहिचानलाई बचाउनको लागि प्रयासरत कंडेल कन्सल्टेन्सीले यस कार्यक्रमलाई मूख्य प्रायोजन गरेको छ । विद्यार्थीहरुको लागि पढाइ र करियरको लागि आवश्यक सुझाव , सहयोग तथा अष्ट्रेलिया बसाई सर्नेहरुको लागि मार्गदर्शक बन्दै आइरहेको यस कन्सल्टेन्सीले मेलबर्नमा आयोजना हुने हरेकजसो कार्यक्रमलाई प्रयोजन गर्ने गर्दछ।

Image may contain: text

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments