एजेन्सी। च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ। युभेन्टस संगको खेलमा रियल मड्रिड ३–० गोलले विजयी भएको हो ।

रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए भने अर्को गोल मार्सेलोले गरेका थिए ।

रोनाल्डोले ६४ औं मिनेटमा ओभरहेड किकमार्फत गोल गरेका थिए । रोनाल्डोले त्यो गोल गर्दा युभेन्टसका समर्थकलेसमेत समय ताली बजाउँदै उनीप्रति सम्मान प्रकट गरेका थिए ।

यो खेल पछि रोनाल्डो च्याम्पियन्स लिगमा लगातार दशौं खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments