पाँचथर । आफ्नै नातिनीलाई पटक पटक बलत्कार गर्ने हजुरबुबालाई प्रहरीले पक्राउ गरेको छ । ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि पटक पटक बलत्कार गर्दै आइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।

कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

बलत्कारीलाई मंगलबार अदालतबाट मंगलबार म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments