लन्डन । बेलायतले कामदारको न्यूनतम ज्याला वृद्धि गरेको छ ।

१ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरेको हो । अब २५ बर्षमाथिका कामदारको न्यूनतम ज्याला प्रतिघण्टा ७ दशमलव ५० पेन्स बाट बढाएर ७ पाउन्ड ८३ पेन्स पुर्याइएको छ ।

जुन गत बर्षको तुलनामा ४ दशमलव ७ प्रतिशत वृद्धि हो ।

यो घोषणाले पूर्णकालिन कामदारको बार्षिक आय करिब ६ सय पाउन्ड थपिने र कम्तीमा २० लाख कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Comments