काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई जहाँ भेट्यो त्यहीँ समात्न निर्देशन दिएको छ ।

भोजपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कसुरमा विप्लवलाई पक्राउ गरी कारवाही गर्न आदेश दिए लगत्तै विप्लवलाई समात्न निर्देशन दिएको महानगरीय प्रहरी परिषरका बरिष्ठ प्रहरी उपरिक्षक विश्वराज पोखरेलले बताउनु भयो । पोखरेलले भन्नु भयो विप्लवलाई जता भट्यो त्यतै समात्नु भन्ने अदालतको आदेश छ हामले सवैतिर जानकारी गराई सकेका छौ । विप्लवलाई छोड्ने त कुरै भएन ।

चन्दा असुली देखी विभिन्न अपराधिक क्रियाकलाप संलग्न भएको आरोप विप्लव समुहप्रति लाग्दै आएको छ । निर्वाचन ताका समेत विप्लव समुह राजधानी लगायत विभिन्न स्थानमा बम बिस्पोट लगायतका घट्नामा संलग्न रहेको पोखरेलको भनाई छ । विप्लवलाई समात्न नेपाल प्रहरीलाई सादा पोसाकमा समेत खटाईको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments