मेलबर्न । अष्ट्रेलियामा पढ्न चाहने विद्यार्थीहरुको संख्या बढ्दो छ । तर यहाँको महङ्गो जीवनशैली र महङ्गो युनिभर्सिटी शुल्कले भने विद्यार्थीहरुलाई निराश बनाईरहेको छ । यो निराशालाई कम शुल्क लाग्ने युनिभर्सिटी र कोर्सको छनोट गरेर केही हदसम्म कम गर्न सकिन्छ।

  • अष्ट्रेलियामा युनिभर्सिटी अथवा कलेज छान्दा धेरै नाम चलेकोलाई नारोज्नुहोस्। नाम नचलेका युनिभर्सिटी तथा कलेजमा पनि राम्रो पढाई हुन्छ र नाम चलेकाहरुमा भन्दा कम शुल्क लाग्छ । त्यसैले त्यस्ता युनिभर्सिटी तथा कलेजहरुको बारेमा जानकारी बटुल्नुहोस् ।
  • भिंडको पछाडी नलाग्नुहोस् । विदेशी विद्यार्थीहरुलाई आकर्षण गर्नको लागि विभिन्न योजना ल्याएका युनिभर्सिटिमा शुल्क महङ्गो हुनसक्छ। त्यसैले धेरै विज्ञापन नभएका युनिभर्सिटी तथा कलेजहरुको बारेमा पनि जानकारी हासिल गर्नुहोस् ।
  • अष्ट्रेलियाको सहरी क्षेत्रमा शुल्क साथै जीवनशैली पनि महङ्गो हुन्छ । त्यसैले सहरदेखि केहि भित्र रहेको युनिभर्सिटी तथा कलेज छान्नुहोस्।
  • कोर्सको छनोट गर्दा उपलब्ध कोर्सको बारेमा राम्रो जानकारी लिनुहोस् र कोर्सको शुल्कलाई पनि ध्यान दिनुहोस् । आफूले पढ्न चाहेको निश्चित कोर्सलाई प्राथमिकता दिनुहोस् ।
  • कोर्स युनिभर्सिटी अनुसार लामो अवधिको र छोटो अवधिको हुन्छ। कोर्सको शुल्कको समयावधि अनुसार शुल्क फरक-फरक हुन्छ । उक्त शुल्कलाई तुलना गर्नुहोस् । सस्तो शुल्क भएको समयावधि छनोट गर्नुहोस् ।
  • अष्ट्रेलिया सरकार वा युनिभर्सिटीहरुले समय-समयमा विभिन्न छात्रवृत्ति योजनाहरु ल्याएका हुन्छन्। ती छात्रव्र्त्ति योजनाबारे आउने समाचार तथा सुचानाहरुमा ध्यान दिनुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments