मेलबर्न । अष्ट्रेलियामा विद्यार्थीहरुको लागि अनलाइन पढाइले राम्रो अवसर सिर्जना गरिदिएको छ । काम र पढाइ बिचमा समय व्यवस्थापन गर्न सजिलो हुने तथा आफ्नो रुचि र आवश्यकता अनुरुप कोर्सको छनोट गर्न पाइने हुँदा अनलाइन स्टडिज लोकप्रिय हुँदै गएको हो । अष्ट्रेलियामा अनलाइन स्टडिज गर्दा विद्यार्थीलाई हुने फाइदाहरु :

– यसमा कोर्सको विविधता हुन्छ , जसले गर्दा विद्यार्थीले चाहेको कोर्स छनोट गर्न सक्छन् ।
– विद्यार्थीले आफ्नो कामको लागि आवश्यक ज्ञान लिन परेमा अनलाइन मार्फत सम्बन्धित विषय पढ्न सक्छन् ।
– आफ्नो समय अनुसार पढ्न सकिने हुँदा सजिलो हुन्छ ।
– काम र समय बीच समय व्यवस्थापन गर्न सजिलो हुन्छ ।
– शुल्क बाहेक युनिभर्सिटीमा जाँदा लाग्ने अतिरिक्त खर्च बाट बच्न सकिन्छ ।
– आफूले नबुझेको कुराहरुलाई समय दिएर पढ्न सकिन्छ ।
– प्रयोगात्मक ज्ञान समेत लिन सकिने हुँदा कामको लागि सहयोग हुन्छ ।
– आफूलाई फुर्सद हुँदा जुनसुकै ठाउँमा पढ्न सकिन्छ ।
– यसले आफ्नो सिर्जनात्मक क्षमता र बुझ्न सक्ने क्षमतामा वृद्धि गर्ने विद्यार्थीहरु बताउंछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments