राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारीलाई अनसन तोड्न आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै अनसन तोड्न आग्रह गरेको हो । ‘न्याय प्राप्तिका लागि आमरण अनसनजस्तो कष्टकर उपाय त्यागी अन्य वैकल्पिक उपाय अपनाउन आयोग गंगामाया अधिकारीसँग अनुरोध गर्दछ, ’ विज्ञप्तिमा भनिएको छ । साथै आयोगले जीवनरक्षाका लागि गम्भीरतापूर्वक प्रयास गर्न सरकारसंग माग गरेको छ ।

मानवअधिकार आयोगले सशस्त्र द्धन्दकाल र त्यसपश्चात हुने गरेका मानव अधिकार उल्लंघनका घटनामा तत्काल अनुुसन्धान र अभियोजन नहुनु, न्यायप्रशासनमा ढिलासुस्ती तथा द्धिविधाग्रस्त एवम् उदासीन मनस्थितिले मानव अधिकारको प्रभावकारी संरक्षण र सम्मानमा कठिनाइ भएको जनाएको छ ।

साथै आयोगबाट भएका सिफारिसहरुको समयमै प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ ।

Comments

comments