काठमाडौं । नेपाल आइडलको पहिलो सिजनका लोकप्रिय प्रतियोगी सन्ध्या जोशी र राहुल विश्वासले नयाँ गीत रेकर्ड गरेका छन्। उनीहरुले रोमान्टिक युगल गीत गाएका हुन्।

विष्णुबाबु देवकोटाको शब्द रहेको उक्त गीतमा टिका दाहालले संगीत भरेका छन्। टिका दाहाल हाल अष्ट्रेलियामा बस्छन्।

काठमाडौँ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको फरक खालको ‘आकाशैको जुन तारा’ बोलको गीतमा स्वर दिएका सन्ध्या र राहुलले पहिलो पटक एकै साथ गीत गाएका हुन्। आफ्नो क्षेत्रमा अब्बल ठहरिएका तथा प्रख्यात रचनाकार तथा संगीतकारको गीत गाउन पाउँदा आफूहरुलाई निकै खुशी लागेको उनीहरुले बताएका छन्।

काठमाडौँ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘आकाशैको जुन तारा’ फरक किसिमको बनेकोले श्रोताहरुले मन पराउने आशामा रहेको उनीहरु बताउँछन् ।

Comments

comments