काठमाडौं । सवारी साधनमा गीत बजाए बापत पैसा तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले जारी गरेको मापदण्ड तथा निर्देशिकामा कलाकारसम्म पुग्ने गरी रोयल्टी रकम उठाउन लागिएको हो ।

नेपाली गायन क्षेत्रमा लाग्ने कलाकारको आम्दानीको स्रोत सकिदैं गएको भन्दै रोयल्टी रकम उठाउन लागिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्काका अनुसार सफल रुपमा सवारी साधनबाट रोयल्टी रकम उठाउन सकेमा वार्षिक २० करोड रुपैंया संकलन हुनेछ ।

रोयल्टी संकलन कार्यविधि अनुसार ठुला बसले वार्षिक २ हजार तिर्नु पर्नेछ । त्यसैगरी माइक्रो बसले १ हजार, टेम्पोले ८ सय, पिक अप ९ सय र ट्रक १२ सय तिर्नु पर्नेछ । नियम कार्यन्वयनको लागि सोमवारबाटै रोयल्टी समाजले काम सुरु गर्नेछ ।

Comments

comments