वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वग्रस्त सिरियाबाट आफ्नो सेना छिट्टै फर्किन सक्ने संकेत दिएका छन् । अमेरिकी सञ्चारमाध्ययम सिएनएनले राष्ट्रपतिले ओहाओको एक सम्बोधनलाई उद्धृत गर्दै त्यस्तो बनाएको हो ।

‘हामीले सिरियामा इस्लामिक स्टेट्स आइआइएस समूहलाई परास्त गरिसकेका छौ’ राष्ट्रपति ट्रम्पले भनेका छन् ‘हामी छिट्टै त्यहाँबाट फर्किनेछौं । अब सिरियामा अरुले नै हेर्ने छन् अमेरिकाको आवश्यकता रहने छैन ।’

सिरियामा करिब ४ सय आइएस लडाकूलाई घेराबन्दीमा राख्न अमेरिकाले सहयोग गर्दै आएको छ । यदि अमेरिका फर्केमा यसले पुन गतिविधिलाई विस्तार गर्न सक्नेछ । सिरियाली शहर तथा बजार क्षेत्रको शान्ति र स्थायित्वका लागि अमेरिकी विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोगका अधिकारीहरूले काम गरिरहेका छन् ।

उनीहरूले विश्व समुदायसँग आक्रमणबाट ध्वस्त बनेका संरचना, पानी, बिजुली, विद्यालय तथा अस्पताल निर्माणमा सहकार्य गरिरहेका छन् ।
सिरियामा करिब दुई हजार अमेरिकी सेना तैनाथ गरी प्रजातान्त्रिक शक्तिसँग मिलेर आतङ्कवाद विरुद्ध लड्दै आएका छन् । एएनआई

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments