मेलबर्न। अष्ट्रेलियन क्रिकेट टिमका पूर्व उपकप्तान डेविड वार्नरकी श्रीमतीले पछिल्लो घटनाक्रमको बारेमा बोलेकी छिन्। उनले एक अन्तर्वार्तामा रुँदै, श्रीमानलाई गाली नगर्न आग्रह गरेकी छिन्। कप्तान स्मिथ र उपकप्तान वार्नरलाई खेलको क्रममा बल कुच्चाएको आरोपमा कारबाही भएपछि उनले अन्तर्वार्ता दिएकी हुन् ।

डेविड वार्नर श्रीमती क्यान्डिस वार्नरले श्रीमानलाई लागिरहेको दोष आफूमाथि लिने बताउंदै भनेकी छिन् , ” त्यो सबै मेरो गल्ती हो र त्यो गल्तीले मलाई भित्र भित्रै खाइरहेको छ” ।

दुई सन्तानकी आमा उनले आफू दैनिक जीवनमा फर्किन कोसिस गरिरहेको र श्रीमानलाई बलियो बनाउने प्रयासमा जुटिरहेको बताएकी छिन् । फोटो स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments