मेलबर्न । नेप्ले इभेन्ट्स अष्ट्रेलियाले हरेक वर्ष आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम बजाउछ अष्ट्रेलियाको तेस्रो संस्करण अन्तर्गत मेलबर्न कन्सर्ट भोलि आइतवार हुँदैछ ।

बजाउँछ अष्ट्रेलिया ३ म्यूजिकल टुरमा यसपटक चर्चित गायक नविन के भट्टराई,र्यापर आशिष राना लाउरे र द एज ब्याण्डको प्रस्तुति रहनेछ । कँडेल कन्सल्ट्यान्सीको प्रायोजनमा हुने कार्यक्रम मेलबर्नको ट्राक लाउञ्ज बारमा साँझ ७ बजेपछि शुरु हुनेछ ।

रक,र्याप र पप म्यूजिकको बेजोड प्रस्तुति रहने जाउँछ अष्ट्रेलिया कन्सर्टमा १८ वर्ष माथिकाले मात्र प्रवेश पाउनेछन् ।

Comments

comments