कैलाली । क्रिकेटको शहर कैलालीको धनगढीमा आजदेखि दोस्रो संस्करणको धनगढी प्रिमिएर लिग शुरु हुदैछ ।

प्रतियोगिताको सवै तयारी पूरा भएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । आज उद्घाटन हुने खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल धनगढीस्थित सशस्त्रको मैदानमा दिउँसो एक बजे शुरु हुनेछ ।

राष्ट्रिय टिमका कप्तान पारस खड्को नेतृत्वमा रहेको चौराहा गत वर्ष फाइनलमा विराटनगर किङसलाई हराउँदै च्याम्पियन बनेको थियो । गत संस्करणमा विराटनगरको कप्तानी गरेका शरद भेषवाकर यो प्रतियोगितामा छैनन् भने टिमका कप्तान पनि परिवर्तन भएका छन् ।

पारस खड्का विराटनगरको कप्तानी गरिरहेका छन भने चौराहाको कप्तानी सोमपाल कामी काठमान्डौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको नेतृत्वमा र महेन्द्रनगर युनाइटेड बिनोद भण्डारी र सिवाइसी अत्तरिया सुवास खकुरेलको कप्तानीमा छ । बिजेताले २५ लाख तथा उपबिजेताले १५ लाख पुरस्कार पाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments