मेलबर्न । अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या तिव्र गतीमा वृद्धि भइरहेको छ। अष्ट्रेलिया आउने विद्यार्थीहरुले यहाँ पढाइ संगै कामलाई पनि अगाडी बढाउनुपर्छ। नेपालमा परिवारसंगै बसेको व्यक्ति जब विदेशमा आउँछ र काम, पढाइ, एक्लोपनसंग जुध्नुपर्छ, पक्कै पनि सजिलो हुँदैन। तर, अष्ट्रेलिया आउने विद्यार्थीको परिचय संघर्ष मात्र होइन, उनीहरुले आत्मनिर्भर बनेर आफ्नो करियरको अवसरको पनि सिर्जना गरिरहेका हुन्छन् ।

बुटवल घर भएका पुरुषोतम अर्याल हाल चार्ल्स स्टर्ट युनिभर्सिटीमा मास्टर्स इन प्रोफेसनल अकाउन्टिंग पढ्दैछन् । उनका अनुसार अष्ट्रेलिया स्वतन्त्रता भएको, भेदभाव नभएको, काम प्रति सम्मान भएको देश हो।

उनी भन्छन्, ” नेपालमा बसेर सपना देखे जस्तो सजिलो छैन अष्ट्रेलिया । तर, समयको व्यवस्थापन गर्न सिकेर, यहाँ पढाइ पूरा गर्न सकियो भने धेरै राम्रा अवसरहरुका बाटा खुल्छन् “।

संघर्ष गर्न सक्ने हिसाबले मानसिक तथा शारीरिक रुपमा परिपक्क भएपछि र राम्रोसंग बुझेर मात्र आउन सल्लाह दिन्छन्, अर्का विद्यार्थी, आशिष बस्नेत । गुल्मी घर भएका उनी हाल चार्ल्स डार्विन युनिभर्सिटीमा बिपीए पढ्दैछन्। दाई पहिले नै अष्ट्रेलियामा भएका कारण काम खोज्न सजिलो भएको बताउने उनले कलेजको बिदाको दिनमा काम गर्ने र प्रत्येक सेमेस्टरको भर्नाको आधारमा कामको लागि समय मिलाउँछन् ।

उनको विचारमा नेपालमा पनि घरबाट टाढा रहेर आफै काम गर्दै पढ्दै गरेको विद्यार्थीलाई अष्ट्रेलियामा धेरै गार्हो हुँदैन । उनलाई अष्ट्रेलियामा देख्न पाइने अवसर र आत्मनिर्भरताका कारण अष्ट्रेलिया राम्रो लाग्छ भने कहिलेकाहीं सहयोग चाहिँदा र सहयोग गर्ने व्यक्ति नपाउँदा खिन्न लाग्छ।

ललितपुरकी रिकिता श्रेष्ठ अहिले अष्ट्रेलियाको मेलबर्न सहरमा रहेको डिकेन युनिभर्सिटीमा म्यानेजमेन्ट विषय लिएर मास्टर्स लेभलमा पढ्दैछिन्।

उनले आफ्नो अनुभवलाई यसरि बाड्छिन् , ” यहाँ काम र पढाइको बिचमा सन्तुलन मिलाउनुपर्ने संघर्ष छ । त्यसैले अष्ट्रेलियाको बसाइले विद्यार्थीलाई कामको सम्मान गर्न र आत्मनिर्भर बन्न सिकाउँछ । विभिन्न देशबाट आएका साथीहरुसंग संगत गर्न पाइने हुनाले, सम्बन्ध विस्तार संगै एक अर्काको संस्कृति र विचारलाई बुझ्ने अवसर पनि यहाँ पाइन्छ। यहाँ अनावश्यक रुपमा एक अर्काको मूल्यांकन गर्ने, खुट्टा तान्ने प्रवृत्ति पनि हुँदैन । र, यहाँ विद्यार्थीहरुको लागि अर्को राम्रो पक्ष भनेको, कक्षा छुट्यो भने पनि हामीले लेक्चरको भिडियोबाट पढ्न सकिन्छ” ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments