काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ ।

दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएपछि विद्या भण्डारीले संघीय संसदमा पहिलो पटक सम्बोधन गर्नुभएको हो । संवोधनको शुरुवातमा नै राष्ट्रपति भण्डारीले संघीय संसदमा सम्बोधन गर्न पाउदा आफूलाई हर्ष र गौरव लागेको बताउनुभयो ।

तर टेलिभिजन सेटका अगाडि राष्ट्रिपति भण्डारीको सम्बोधन सुन्न बसेका सर्वसाधारणले भने उनको आवज सुन्न पाएनन् ।

प्राविधिकहरुका गल्तीका कारण उनको सम्बोधनमा ट्वार्र आवाज मात्र आएको थियो । बाहिर आवाज नसुनिएपनि भण्डारीले सम्बोधन भने गरेकी छिन् । करिब पाँच मिनेटपछि भने उनको सम्बोधन सुन्ने व्यवस्था मिलेको थियो ।

Comments

comments