एजेन्सी। दक्षिण अफ्रिकाबाट फ़र्किएपछि अष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले मिडियाको अगाडी रुँदै सार्वजनिक माफी मागेका छन् । उनले मिडियाको अगाडी बोल्दै आफूबाट ठूलो भुल भएको बताएका छन् ।

स्मिथ संगै कारबाहीमा परेका वार्नर भने प्रत्यक्ष बाहिर आएर बोलेका छैनन् । उनले आफ्नो गल्तीले क्रिकेटलाई ठूलो नोक्सानी भएको बताउँदै इन्स्टाग्रामबाट सार्वजनिक माफी मागेका छन्।

स्मिथले खेलका क्रममा आफूले छल गर्न खोजेको स्वीकारेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले उनलाई एक टेस्ट खेलका लागि निलम्बन गरिदिएको छ। साथै स्मिथले एक खेल खेलेबापत उनले पाउने पूरै शुल्क जरिवाना स्वरुप तिर्नुपर्ने आईसीसीले जनाएको छ।

यसको साथै अष्ट्रेलियाको क्रिकेट बोर्डले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई १ वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

उनीहरुले दक्षिण अफ्रिकाको केप टाउनमा भएको टेस्ट खेलको तेस्रो दिन बललाई रगडेर बिगारेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments