मेलबर्न । अष्ट्रेलियाको सिड्नीकी एक विद्यार्थीले आफ्नो कुमारीत्व लिलामीमा राखेकी छिन् । २० वर्षिया कायराले जर्मनीबाट संचालन हुने वेबसाइट सिन्ड्रेला एस्चोर्ट्समा आफ्नो कुमारीत्व लिलामीमा राखेकी छिन् । उनी त्यस वेबसाइटमा कुमारीत्व लिलामीका लागि छनोट भएकी पहिलो अष्ट्रेलियन युवती हुन् ।

कायराले संसार घुम्नको लागि पैसा जुटाउन, पढाइ खर्च र घरमा पैसाको सहयोग गर्नको लागि आफूले यो कदम उठाएको बताएकी छिन् । परिवारको स्वीकृतिको कुरा गर्दा उनले, १८ वर्ष माथि व्यक्तिलाई आफ्नो स्वतन्त्रताको अधिकार, आफ्नो बारेमा आफै निर्णय गर्न पाउने अधिकार भएको बताएकी छिन्।

आफ्नो कुमारीत्वलाई लिलामी गर्ने उनको कदम बेठिक भएको प्रतिक्रिया आएपछि उनले भनेकी छिन् , ” कुनै केटालाई सित्तैमा मेरो कुमारीत्व सुम्पेर केही नपाउनु भन्दा, मैले कुमारीत्व लिलामी गर्नु ठिक हो। कमसेकम मैले आफ्नो भविष्यलाई पनि सुरक्षित गर्ने रकम त पाउँछु। मैले कुनै केटालाई कुमारीत्व सुम्पे भने, यो पक्का हो कि, उसले मलाई जीवनभर साथ दिने छैन, मात्र यौनको लागि प्रयोग गर्नेछ”। उनले आफ्नो कुमारीत्व किन्ने मान्छे हेर्दा राम्रो र व्यवहारमा भलाद्मी हुनुपर्ने बताएकी छिन् ।

उनको कुमारीत्व लिलामीको रकम १ लाख ६१ हजार डलर राखिएको छ र यो हरेक दिन घटबढ हुनेछ। उक्त वेबसाइटका अनुसार उनको कुमारीत्व किन्नको लागि अष्ट्रेलियाकै दुई व्यक्तिले इच्छा जनाएका छन्। तर, अरु देशबाट उनीहरुले भन्दा राम्रो मूल्य आइरहेको वेबसाइटले बताएको छ।

अष्टेलियाका विभिन्न अधिकारी तथा अधिकारकर्मीले भने यो गलत बाटो भएको बताइरहेका छन् । उनीहरुले महिला, पुरुषको यौन तृप्तिको लागि हुन् भन्ने मानसिकतालाई अझ बढाउने र सामाजिक रुपमा पनि खलल पुर्याउने बताइरहेका छन्। अधिकारकर्मीहरुले पुरुषले यौनको लागि महिलालाई प्रयोग गर्ने गरेका कारण यो स्थिति आएको भन्दै महिलालाई हेर्ने दृष्टिकोणमा, परिवर्तन आउनुपर्ने बताएका छन्।

वेबसाइटले भने यो लिलामी कसैले करकापमा नगरेको र महिलाको शरीरमाथिको अधिकार ऊ स्वयंलाई भएको बताएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments