काठमाडौं । एएफसी एसियन कप छनोट २०१९ मा मङ्गलवार राति यमनसँग २–१ गोलको हारसँगै नेपालको यात्रा सकिएको छ । कतारको दोहामा खेल सकिन ६ मिनेट बाँकीछँदा पेनाल्टी बेहारोरेपछि बराबरीतर्फ अग्रसर खेलमा नेपालले हार बेहोर्नु प¥यो । यस अघि नेपालका लागि नवयुग श्रेष्ठले बराबरी गोल गर्नुभएको थियो ।

नेपालले खेलेका ६ मध्ये एक खेल पनि जित्न सकेन । समूह ‘एफ’ को पुछारमा रहेको नेपालले पाँच खेलवाट मात्र दुई अङ्क बटुल्यो । घरेलु मैदानमा यमन र फिलिपिन्स विरुद्ध गोलरहित बराबरीमा खेल्नु नेपालका लागि उपलब्धि रह्यो । नेपाल फिलिपिन्समा ४–१ र ताजकिस्तानमा ३–० हारेको थियो । यसैगरी ताजकिस्तानविरुद्ध नेपालले घरेलु मैदानमा पनि २–१ ले पराजय बेहोरेको थियो । यस समूहवाट शीर्ष दुई स्थानमा रही फिलिपिन्स र यमन सन् २०१९ मा युएईमा हुने ‘एएफसी एसियन कप’मा खेल्न योग्य बने ।

ग्वामले नाम फिर्ता लिएपछि नेपालले भाग्यले एसिया कप खेल्न पाएको हो । सो समय नेपालले एएफसी छनोट खेल्न पाउनु नै ठूलो उपलब्धिका रुपमा हेरिएको थियो । एसिया कप छनोटमा सहभागी भएपछि नेपालले समूह ‘एफ’मा फिलिपिन्स, यमन र ताजकिस्तानसँग ‘होम एण्ड अवे’ को आधारमा खेल्ने मौका पायो । जुन नेपाली फुटबल टिमका लागि राम्रो अनुभव भएको छ । यी तीनै टिम नेपाल भन्दा बलियो टिम मानिन्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments