नुवाकोट । नुवाकोटमा भूकम्पछिको पुनर्निर्माण सुस्त गतिमा भइरहेको छ। भूकम्पपछि शुरू भएको पुनर्निर्माणमा हालसम्म ५६ प्रतिशत पीडितले मात्र दोस्रो किस्ताबापतको रकम लिएका छन्।

नुवाकोटमा रहेका ६९ हजार २ सय ८९ लाभग्राहीमध्ये ५६ प्रतिशत बढी भूकम्पपीडितले दोस्रो किस्तावापत्को रकम लिएको रााष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख वेदप्रसाद गौडेलले बताउनुभयो। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रमुख गौडेलका अनुसार नुवाकोटमा दोस्रो किस्ताका लागि ४४ हजार २ सय जनाले निवेदन दिइएकामा ४१ हजार ७ सय ९४ जनाले दोस्रो किस्ताबापतको रकम लिएको र ४३ जनाको प्रमाणित हुन सकेको छैन। त्यसै गरी तेस्रो किस्ताबापतको रमकको लागि ६ हजार ६ सय ४६ लाभग्राहीले निवेदन दिएकामा ५ हजार ४ सय ८ जनाले रकम लगेको गौडेलले जानकारी दिनुभयो।

भूकम्पले क्षति भएका नुवकोटका अधिकांश घर तथा विद्यालय पनि निर्माण भएका छैनन्। जसले गर्दा भूकम्प गएको तीन वर्ष हुनै लाग्दा पनि पीडितहरू टहरामै बस्न बाध्य भएका छन् भने एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यतामा विद्यालय रहेका छन्। अधिकांश विद्यालय अझैसम्म पनि निर्माण हुन सकेका छैनन्। जसले गर्दा बालबालिकाको पढाइसमेत प्रभावित बनेको छ।

भूकम्पले ध्वस्त भएका घरमध्ये करिब १२ हजार ९ सय ९१ घरमात्र निर्माण भएका छन्। त्यस्तै नुवाकोटको ऐतिहासिक साततले मन्दिर पनि अझैसम्म निर्माण हुन सकेको छैन। भूकम्पले ध्वस्त भएका संचरना पनि निर्माण हुन नसक्दा भूकम्पपीडितहरूको मनोबलसमेत घटेको पीडितहरू बताउँछन्।

घर बनाउन कहिले निर्माण सामग्री त कहिले कामदारको अभाव झेल्दै आएका नुवाकोटका भूकम्पपीडितलाई घर बनाउन विभिन्न समस्या आइपरेको छ। जसले गर्दा नुवाकोटमा अपेक्षितरूपमा पुनर्निर्माणले गति लिन सकेको छैन। नुवाकोटमा पुनर्निर्माणले गति लिन नसक्नुमा दक्ष जनशक्तिको अभाव पनि मूल कारण रहेको सरोकारवालाहरू बताउँछन्।

पीडितलाई सास्ती
विदुर नगरपालिकाका इन्जिनियरहरूले अनुदान वितरण गर्न घर प्रमाणित गरेबापत भूकम्पपीडितसँग हाक्काहाक्की घूस मागेको गुनासो गरेका छन्। कहिले निर्माण सामग्री त कहिले कामदार र पानीको समस्या भोग्दै आएका नुवाकोटका पीडितहरू इन्जिनियरले घूस मागेसँगै थप मारमा परेका छन्। विदुर नगरपालिकाका इन्जिनियरले भत्ता खर्च भनेर पीडितहरूसँग १ हजार रुपियाँ मागेको एक जना भूकम्पपीडितले बताए। १ हजार रुपियाँ दिनेभए तपार्इंको घरको नक्सा पास गरिदिन्छु अन्यथा घर पास हुँदैन भन्दै विदुर नगरपालिकाका एक इन्जिनियरले पैसा मागेको पीडितले गुनासो गरेका छन्।

नगरपालिकाका इन्जिनियरहरूले बाटो खर्च र भत्ताका नाममा भूकम्पपीडितसँग पैसा मागेको कुरा सार्वजनिक भएपछि विदुर नगरपालिकामा खैलाबैला मच्चिएको छ। इन्जिनियरहरूले पीडितहरूसँग भत्ताका नाममा खर्च मागेको प्रसंगमा बुझ्न खोज्दा विदुर नगरपालिकाकी प्रमुख सञ्जु पण्डितले आफूलाई जानकारी नभएको बताउनुभयो। पण्डितले आफूलाई यो कुरा पहिलोपटक थाहा भएको भन्दै कसैले भूकम्पपीडितसँग भत्ता खर्चबापत पैसा मागेमा कडा कारबाही गरिने चेतावनी दिनुभयो।

नगरपालिकाका मेयर पण्डितले इन्जिनियरहरूले पीडितसँग पैसा मागेको जानकारी नभएको बताइरहँदा नगरपालिकाका इन्जिनियरहरूले भने लामो समयसम्म घर स्वीकृत नगरेर बार्गेनिङ गर्दै आएको खुलासा भएको छ। विदुर नगरपालिका वडा नं ११ गेर्खुका एक पीडितले तेस्रो किस्ताका लागि नगरपालिकामा जाँदा कहिले कागजात पुगेन त कहिले नक्सा भएन भन्दै झुलाएको बताए। पीडितले इन्जिनियरहरूले पैसा लिँदा भत्ता र बाटो खर्च दिएमा मात्र घर अनुगमनमा जाने अन्यथा घर स्वीकृत नगर्ने बताएको गुनासो गरे। इन्जिनियरले सोझै पैसा नलिएर विचौलियाको हातबाट रकम लिने गरेको पनि पीडितहरूको गुनासो रहेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments