मोरङ । आफ्नै छोरालाई तातो आइरनले डाम्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर– ३ कमलमार्गकी सरला काफ्लेले आफ्नै ५ वर्षे छोरोलाई पारीवारिक झगडाको निहुमा पटक–पटक शारीरिक यातना दिने गरेको खुलासा भएको छ । विराटनगरस्थित अन्नपुर्ण बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ति बालक सधैं विद्यालय ढिलोगरी आउथें ।

सोमबारपनि ढिलागरी विद्यालय आएका बालकलाई विद्यालयकी शिक्षीकाले ढिलो गरी आउनुको कारण सोध्दा उनले रुँदै आफ्नो शरीरको घाउ देखाएपछि विद्यालयका शिक्षक शिक्षिकाहरुले सहन नसकेर प्रहरीलाई खबर गरेको अन्नपुर्ण बोर्डिङ स्कुलका प्रिन्सिपल अमिस रेग्मीले बताउनुभयो ।

५ वर्षे ति बालकको ढाड र हातको पाखुरामा आइरनले छाला पोलेर पिल्सीएको छ । छोरालाई आइरनले डाम्ने सरलालाई भने मोरङ प्रहरीले पक्राउ गरेको छ । पटक–पटक आफुहरुले बालककी आमा सरलालाइ बच्चा नकुट्न आग्रह गर्दा पनि नमानेको र बालकले तातो आइरनले पोलेको घाउ बच्चा स्वयम्ले देखाएपछि आफुहरुले सहन नसकेर बच्चाका बाबु र प्रहरी प्रशासनलाइ खबर गरेको विद्यालयले जनाएको छ ।

आफ्नै नाबालक छोरालाइ पटक पटक मरणाशन्न हुने गरी कुटपिट तथा तातो आइरनले पोल्ने उनको क्रुरता देखेर विद्यालयका शिक्षिक शिक्षिका मात्रै हैन उनका छरछिमेकी पनि आजित छन् । आफ्नो छोराको अवस्था देखेर भाव विह्वल बनेका पिता विक्रम काफ्लेले सम्बन्ध विच्छेदका लागि अदालतमा १८ गते तारिख रहेको बताउँदै उहाँले त्यतिञ्जेल बच्चा आफैलाइ दिन प्रहरीलाइ अनुरोध गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मोरङले बालकलाई उनको पिताको जिम्मा लगाएको छ । भने पिडक आमा सरलालाइ हिरासतमा राखिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments