एजेन्सी। बलिवुड अभिनेता अनिल कपुरकी छोरी तथा अभिनेत्री सोनम कपुरको विवाहको मिती तय भएको छ। भारतीय संचार माध्यमहरुका अनुसार आगामी मे महिनामा उनको विवाह हुन लागेको हो।

लामो समयदेखी आनन्द आहुजासंग प्रेममा रहेकी उनले आफ्नो प्रेमसम्बन्धलाई आगामी मे ११ र १२ तारिखमा विवाहमा परिणत गर्ने भएकी हुन्।

परिवारले भारतमै विवाह कार्यक्रम गर्न चाहेतापानी यो जोडीले संसारकै महँगो सहर जेनेभामा विवाह गर्ने निर्णय गरेका छन्।

उनीहरुको विवाहको तयारि समेत सुरु भइसकेको छ । अभिनेता अनिल कपुर अर्थात सोनम कपुरका बुवाले आफ्नो नजिकका व्यक्तिहरुलाई छोरीको विवाहको निम्ता दिन थालिसकेका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments