काठमाडौं । बलिवुडका पछिल्लो पुस्ताका चर्चित अभिनेता रणवीर सिंहले १५ मिनेटको प्रस्तुतीको लागि ५ करोड भारु शुल्क लिने भएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार, आइपिएलको ओपनिङ्गमा प्रस्तुती दिनको लागि उनले त्यती भारि रकम लिने भएका हुन्।

बलिवुडका स्थापित अभिनेताहरुले भन्दा धेरै रकम लिएपछि यतिबेला रणवीर सिंह चर्चामा आएका हुन् । शाहरुख खानले आफ्नो प्रस्तुतीको लागि तीन करोड लिन्छन् भने सलमान खानाले २ करोड लिन्छन्।

इण्डियन प्रिमियर लिग आगामी ७ अप्रिलदेखि सुरु हुँदैछ । यसपालीको आइपीएल नेपालका सन्दीप लामीछाने पनि खेल्ने भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments