बाणिज्य तथा आपुर्ति मन्त्री सुनिलबहादुर थापाले बन्द भएका औद्योगिक केन्द्र स्थापित गर्ने बताउनुभएको छ ।

आज काठमाडौमा नेपाल–पाकिस्तान व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले नेपालमा नै सिपको उपयोग गर्दै बन्द उद्योग स्थापना गर्ने बताउनुभएको हो । उहाँले नेपालबाट निर्यात बढाउने वाताबरण बताउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । व्यबसायलाई प्रवद्र्धन गर्दै निर्यात बढाउने वाताबरण बनाउन सरकार लागि परेको उहाँको भनाई थियो । नेपालमा बिदेशी बस्तुको उपयोग बढ्दै गएकाले त्यस्ता वस्तु तथा सेवाको विस्तार र उत्पादन गर्न स्थानिय व्यबसायीलाई समेत प्रोत्साहन गरिने थापाले बताउनुभयो ।

काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा सञ्चालन भईरहेको उक्त मेला पाँच दिन सम्म चल्ने आयोजकले जनाएको छ । मेलामा छालाका बस्तुहरु , खाद्य बस्तु , लत्ता कपडा लगाएतका सय भन्दा बढि स्टलहरु राखिएका छन् ।

Comments

comments