बीबीसी । अष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले खेलका क्रममा आफूले छल गर्न खोजेको स्वीकारेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले उनलाई एक टेस्ट खेलका लागि निलम्बन गरिदिएको छ।

साथै स्मिथले एक खेल खेलेबापत उनले पाउने पूरै शुल्क जरिवाना स्वरुप तिर्नुपर्ने आईसीसीले जनाएको छ।

दक्षिण अफ्रिकाको केप टाउनमा भएको टेस्ट खेलको तेस्रो दिन बललाई रगडेर बिगारेको आरोप प्रमाणित भएपछि उनलाई आईसीसीले एक खेलमाथि प्रतिबन्ध लगाउँदै जरिवाना पनि तोकेको हो ।

आईसीसीका प्रमुख डेभिड रिचार्डसनले आईसीसीको आचारसंहिता अन्तरगतको आर्टिकल २.२.१ को उल्लंघन गर्दै खेलभावना विपरीतको काम गरेकाले स्मिथलाई कारवाही गरिएको बताए । त्यस्तै उनको मुल्यांकनमा ४ अंक घटाइनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments