एजेन्सी । रुसको साइबेरियास्थित एक शपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । केही व्यक्ति वेपत्ता छन् । शपिङ सेन्टरबाट एक सय जनाभन्दा बढीलार्इ उद्धार गरिएको छ ।

स्थानीय मिडियाका अनुसार केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो उक्त तलामा सिनेमा घर छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु छन् । सिनेमाघरका दुई हलका छत आगलागीबाट खसेका छन् ।

टेलिभिजनमा देखाइएको आगलागीको दृश्यहरुमा शपिङ सेन्टरबाट बाक्लो धुँवा निस्किरहेको र मानिसहरु झ्यालबाट बाहिर हामफालेको देखिन्छ ।

अग्निनियन्त्रक र उद्धार टोली घटनास्थलमा परिचालित छन् । केमेरोफो शहर रुसको राजधानी मस्कोबाट २ हजार २ सय मील टाढा पर्दछ । यो शहर कोइला उत्पादनका लागि प्रसिद्ध छ ।

स्थानीयबासीका अनुसार सन् २०१३ मा बनाइएको यो शपिङ मल निकै चर्चित छ । सपिङ मलमा सानो चिडियाघर समेत छ ।

आगलागीका कारण खुलेको छैन । रुसको चाँच समितिले यसलाई आपराधिक क्रियाकलाप हुनसक्ने आशंका गर्दै अनुसन्धान शुरु गरेको बीबीसीले जनाएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments