काठमाडौं । कम तौलमा सामान बेच्ने २ हजार भन्दा बढी व्यवसायी फन्दामा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले तौलमामा ढगी गर्ने २ हजार १ स ३६ व्यापारीलाई कारवाही गरेको छ ।

कार्यालयका प्रमुख शशिभूषण यादवले नापतौल ठग्ने व्यवसायीलाई कानुन अनुसार कारवाही गरिने बताए । कार्यालयका अनुसार १ हजार १ सय ५६ व्यवसायीले नयाँ अनुमतिपत्र र ४२ व्यवसायीले इजाजतपत्र लिएका छन् ।

४ हजार ४ सय ३० व्यवसायीले नाप्ने तौलने यन्त्रको जाँच, ३ सय ४० पेट्रोलपम्प जाँच र १६ पेट्रोलियम ढुवानी ट्याङ्करमा तोल जाँच गरेको थियो । त्यसबाट एक करोड ८६ हजाररुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments