चितवन । चेपाङ समुदायका एक युवाले हवार्इजहाज बनाएका छन् । राप्ती नगरपालिका–२ का २० वर्षीय सरोज चेपाङले मिनी एयर क्राफ्ट निर्माण गरेका हुन् ।

कक्षा ६ सम्म अध्ययन गरेका सरोजले हवाइ जहाज निर्माणमा करिब ५ लाख रुपैयाँ खर्च गरिसकेका छन् । सरोजले जहाज निर्माण गरेर फागुन ४ गते परीक्षण उडान समेत गरेका थिए । जहाजलाई करिब ४० मिनेट उडाइएको थियो ।

साक्षर मात्र अवस्थाका चेपाङ युवाले हजाइजहाज बनाएर आकाशमा उडाएपछि उनलाई अहिले विभिन्न ठाउँबाट बधाई र सहयोग आउन थालेको छ । प्रदेश ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामाले मन्त्रिपरिषद्मै यसलाई उहाउने प्रतिवद्धता जनाएका छन्।

सरोजले १० लाख रुपैयाँ जुटाउन सके जहाजलाई व्यवस्थित रुपमा उडान सकिने बताएका छन् । उनलाई विभिन्न ठाउँबाट सहयोग आउन थालेको छ । दोहामा रहेका चितवनका युवाले ८१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

राप्ती नगरपालिकाले पनि ८० हजार रुपैयाँ दिने निर्णय गरेको छ । नगरपालिकाले मेयर प्रभा बरालकाे पहलमा सरोज चेपाङ प्रतिभा संरक्षण समिति समेत बनाएको छ । फोब्स कलेजले १० हजार रुपैयाँ सहयोग गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments