काठमाडौं । ईयुले नेपालको स्वतन्त्र अधिकारमाथि खेल्ने कुनै अधिकार नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

स्वतन्त्र देशका स्वतन्त्र नागरिकको अधिकारको बिषय र सार्वभौमिकताका सवालमा युरोपियन युनियनले गरेको टिप्पणी खेदजनक रहेको प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै धारणा व्यक्त गर्नुभयो । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले आपत्ति जनाउनु भएको हो ।

संविधान नेपालको उपलब्धी भएको भन्दै प्रम ओलीले त्यसलाई अवमूल्यन नगर्न चेतावनी दिनुभयो । नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, यो नेपाललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो । मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं ।’

नेपालको विरोधपछि सच्याउँला भन्ने ठानेको तर, ईयू झन जिद्दिपूर्ण देखिएको उहाँको भनाइ थियो । साथै ओलीले ईयूलाई विनम्रतापूर्वक आग्रह गर्दै यसलाई तुरुन्त सच्याउन माग गर्नु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments